काठमाडौँ– जनता बैंक नेपाल लिमिटेडको आज धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटी चोकस्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा सुरु भएको छ । यो बैंकको ९४औं एटिएम हो ।


ADVERTISEMENT


आज एक समारोहका बिच धनगढी उप–महानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका छन् । यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने विश्वास लिइएको छ ।


ADVERTISEMENT

# # #


यो सगै बैँकको देशभर १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।