काठमाडौं । अनेराश्ववीयु अध्यक्ष नबिना लामाले राष्ट्रपति बिद्यादेबी भण्डारीका बिरुद्ध फैलाईएको टिकाटिप्पणीको चर्को आलोचना गरेकी छन् ।


ADVERTISEMENT


देशको सबैभन्दा मर्यादित र उच्च पदमा आसिन ब्यक्तिका बिषयमा सामाजिक सञ्चालमा भईरहेको बादबिबादले राष्ट्रियता माथि नै खतरा हुने भन्दै लामाले सबैलाई बास्तबिकता बुझेर मात्र विचार राख्न आग्रह गरेकी छन् ।


ADVERTISEMENT

# # #


‘राष्ट्रपति साधा जिवन उच्च विचारकी अनुयायी हुनुहुन्छ’ आँफूले नजिकबाट राष्ट्रपतिलाई चिनेको बताउँदै उनले भनिन् ‘उहाँका बिषयमा फैलाईएको अफबाहको कुनै तुक छैन ।’

आमा, राष्ट्र र राष्ट्रप्रमुख एउटै रहेको बताउँदै जथाभाबी बोल्नुअघि मातृत्वको सम्मान, आदर र आस्था नभुल्न हिमालय पोष्ट मार्फत लामाले अपिल गरेकी छन् ।

‘जस्ले आमालाई माया गर्दैन उस्ले राष्ट्र र राष्ट्रप्रमुखलाई माया गर्नसक्दैन’ उनले भनिन् ‘कमसेकम आमा र मातृभूमीलाई सम्झेर भएपनि संबेदनशीलता नभुलौँ ।’

फैलिएको अफबाह नियोजित प्रोपागान्डा मात्र भएको उनको तर्क छ । राष्ट्रप्रमुखलाई बिबादमा तानेर राष्ट्र, राष्ट्रियता र जनतालाई कमजोर पार्ने षडयन्त्र भईरहेको समेत उनको आरोप छ ।

‘जो सच्चा नेपाली हो उस्ले यो अतिरञ्जनाको पक्ष त के सहन समेत सक्तैन’ उनले भनिन् ‘आफैँ माथि आत्मघाति हुने प्रस्तुती बन्द गर्न सबै नेपालीहरुलाई आग्रह गर्दछु ।’

‘विगत केहि दिन देखि सामाजिक संजाल तथा पत्र पत्रिकामा महामहिम राष्ट्रपति ज्युलाई लक्षित गरेर राष्ट्रपतिले १६ करोडको गाडीको माग गरेको भन्ने कुरा व्यापक मात्रामा प्रचार हुदैआएको छ| रास्ट्रपति कुनै पार्टी, धर्म, जात, लिङ्ग, भाषा, सम्प्रदाय, वर्गको नभई, समग्र राष्ट्रको हो| राष्ट्रपति भनेको देशलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गराउने साझा प्रतिविम्बित हो |राष्ट्रपति कार्यालय बाट अधिकारिक रुपमा कुनै पनि गाडी खरिद गर्न १६ करोडको माग भएको छैन’ उनले भनिन् ‘यस्तो भ्रामक तथा आधारहीन प्रचार गर्दै देशको राष्ट्र प्रमुख माथि हुने गरेको गालीगलौज हुनु आफैमा असभ्य संस्कृतिको रुप हो| तथ्यहिन र हावादारी समाचारको पछाडी दौडेर महामहिम ज्यु प्रति व्यक्तिगत तवरले भएको चरित्रहत्या हेर्दा नेपाली समाज कुन दिशा तर्फा उन्मुख छ भन्ने प्रश्न उठेको छ| हल्लाको पछि नलागी सकारात्मक सोचको साथ अघि बढ्न सबैलाई हार्दिक अनुरोध गर्दछु |’

यसैबीच राष्ट्रपतिबाट गाडी किन्नका लागि कुनै प्रस्ताव नआएको प्रधानमन्त्री शेरबहादुर देउवाले समेत स्पष्ट पारिसकेका छन् ।