काठमाडौँ– सरकारसँग ११ बुँदे सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सिके राउतको समर्थनमा जनकपुरमा र्याली निकालिएको छ । आइतबार दिउँसो जनकपुर विमानस्थलमा उत्रिएपछि राउतलाई कडा सुरक्षाबीच समर्थकहरुले नगर परिक्रमा गराएका थिए ।


ADVERTISEMENT


जनकपुर विमानस्थलमै पुगेका राउत समर्थकले स्वतन्त्र मधेसको झण्डा प्रयोग गर्नुका साथै बुलेट प्रुफजस्तो देखिने ज्याकेट लगाएका थिए भने कालो चश्मा र माक्स लगाएर अनुहार छोपेका छन् ।


ADVERTISEMENT

# # #


शुक्रबार सरकारसँग स्वतन्त्र मधेसको पर्चा, पम्पलेट र झण्डा प्रयोग नगर्ने सहमति गरेको गठबन्धनले दुई दिन नबित्दै सहमति तोड्दै जनकपुरमा गठबन्धनको झण्डा प्रयोग गरिएको छ ।

शुक्रबार राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि मधेसका जिल्लाहरुमा दीपावली समेत गरिएको थियो ।