काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना गरिएको छ ।


ADVERTISEMENT


कीर्तिपुर स्थित त्रिभुवन बिश्वबिद्यालयमा बुधबार अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले अधिकारीको स्मृतिमा आयोजित कार्यक्रममा कोषका लागि सांसद एवं अनेरस्ववियुकी अध्यक्ष नवीना लामाले एक लाख रुपैयाँ प्रदान गरेकी छन् ।


ADVERTISEMENT

# # #


अक्षय कोषलाई कम्तीमा २० लाख रुपैयाँको बनाईने बताईएको छ । अनेरास्ववियूले स्वर्गीय अधिकारीको नाममा बिभिन्न ठाउँहरुमा पार्क तथा शालिकहरु स्थापना गर्ने निर्णय गरेको लामाले बताएकी छन् । सो कोषमा अखिलका पूर्व अध्यक्ष किशोर बिक्रम मल्लले २५ हजार दिने घोषणा गरेका छन् । यस्तै अन्य सबैका लागि कोषमा सहयोग गर्न सार्वजनिक आह्वान गरिएको छ ।