मोरङ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले एकता र सहकार्यले मात्र मुलुक समृद्ध हुने बताएका छन् । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं १ का संयोजक देवराज भण्डारीसहित २०८ जना नेता कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेउँदै सो कुरा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


मोरङको पथरी शनिश्चरेमा नेकपाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री ढकालले नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईको पनि अन्ततः आउने ठाउँ पुरानै घरका रुपमा रहेको नेकपा नै भएको जिकिर गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले सुकुम्वासीसहितका बसोबासको समाधान गर्न सरकारले निर्माण गरेको कानून अन्तिम चरणमा पुगेको बताउँदै पथरी शनिश्चरेमा प्रदेशकै गौरवको आदिवासी जनजातिसहितको बहुजातीय सांस्कृतिक सङ्ग्रहालयको निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए ।

नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य एवम् युवाका केन्द्रीय सचिव बाबुराम न्यौपाने, प्रदेश सदस्य एवम् पूर्वजनमुक्ति सेनाका मोरङ संयोजक जीतबहादुर रसाइली, राज्य कमिटी सचिवालय सदस्य वासु बराल, प्रदेश सदस्य एवम् ३ नं क्षेत्रीय संयोजक पर्शुराम मिश्र लगायतका नेताहरु नेकपामा आएका हुन् ।