झापा – झापाको धुलावारीमा नेपाल मानव धर्म सेवा समितिले गर्न लागको अन्तराष्ट्रिय स्तरको ऐतिहासिक आध्यात्मिक कार्यक्रम ‘विराट सत्संग समारोह’ आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT


मेची नगर ४ स्थित नन्दा नदीको किनारमा रहेको नव निर्मित आश्रम परिसरमा यही फाल्गुण २३ र २४ गते विराट सत्संग समारोहको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो । समारोह प्रमुख आकर्षणको रुपमा आध्यात्मिक गुरु श्री सतपाल महाराज आउने र सोही समयमा उनीबाटै नवनिर्मित आश्रम श्रदेय आश्रमको उद्घाटन समेत गराईने बनाईएको छ ।


ADVERTISEMENT

# # #


सतपाल महाराज विराटनगर हुँदै आउने र धुलावारी प्रस्थान गर्ने क्रममा इटहरी उपमहानगरपालिका स्थित बुढी गंगा नदीको तटमा रहेको कोशी अञ्चल आश्रम अवलोकन गर्ने कार्यक्रम तालिका रहेको छ । त्यस पस्चात मोरङ्को लेटाङमा भर्खरै निर्माण सम्पन्न भएको साखा आश्रमको उद्घाट कार्यक्रम रहेको समितिका केन्द्रिय सदस्य वसन्त भण्डारीले वताए । भण्डारीका अनुसार फाल्गुण २२ गते नै सतपाल महाराज धुलावारी आश्रम प्रस्थान गर्नेछन् । आगामी फाल्गुण २३ र २४ गते दुई दिन नै उनको प्रवचन रहने आयोजक द्धारा जानकारी गराईएको छ ।

समारोहको प्रमुख आकर्षणहरुमा पण्डाल स्थल र आश्रम भवन रहेका छन् । नन्दा नदीको किनारमा भव्य र सुन्दर पण्डाल निर्माण गरिएको छ । करिव १.५ विघा क्षेत्रफलमा निर्माण भएको पण्डाल निकै आकर्षक देख्न सकिन्छ । झापाको धुलावारीमा हुन गइरहेको विराट सत्संग पुर्वाञ्चलकै पहिलो र ऐतिहासिक कार्यक्रम भएको समारोह स्थल अवलोकनकर्ताहरु वताउँछन् ।

सतपाल महाराज सहित दिव्य परिवार तथा अन्तराष्ट्रिय आध्यात्मिक दार्श्निकहरुको समेत ज्ञान विज्ञान युक्त प्रवचन सुन्न सकिने जनाईएको उक्त कार्यक्रममा देश विदेशका सञ्चार माध्यामको ध्यान आकर्षण भएको छ ।

यसअघि काठमाडौं, चितवन, हेटौडा, नेपालगञ्ज, जनकपुर, महेन्द्रनगर लगायत क्षेत्रमा आध्यात्मिक कार्यक्रम भव्यताका साथ सम्पन्न भइसकेको छ । कार्यक्रमको व्यवस्थापनको काम पनि लगभग सकिएको छ ।