काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्ट निरंकुशताकाविरूद्ध लड्नुपर्ने समयमा कांग्रेस आफै भित्रको समस्यामा फसिरहनु मुलुक र प्रजातन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन् ।


ADVERTISEMENT


नेपाल ट्रेड यूनियन कांग्रेसको ७३औं स्थापना दिवसको अवसरमा आयोजित शूभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कम्युनिस्ट सर्वसत्तावादविरुद्ध लड्नुपर्ने अवस्था आएको बताए । ‘पार्टी भित्र मनमूटाब र तिक्तता हून्छ, त्यसका लागि पपछि लडौंला ।’ उनले भने, ‘यतिबेला मुलुक कम्युनिस्ट सर्वसत्तावामा फसेको छ। कम्यूनिष्ट अधिनायकवाद विरूद्ध लड्न एकजुट हुनुस् ।’


ADVERTISEMENT

# # #


डा. कोइरालाले कम्युनिस्टहरू जसरी पनि प्रजातन्त्र समाप्त गर्न लागेकाले मुलुक भयावह दुर्घटनातर्फ गैरहेको दाबी गरे ।