काठमाडौं – पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । मंगलबार दिउँसो दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।


ADVERTISEMENT


पोखराको सराङकोटबाट उडेका रसियन प्याराग्लाइडिङ पाइलटको उडेको केहीबेरमा सराङकोट मै खस्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनको नाम भने खुलिसकेको छैन ।
यसअघि आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनामा परेर रोमानियाका पाइलट इबि चिसजिरको मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


सोमबार पनि माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक जना विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भुईमा झरेका थिए भने अर्का रसियन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए।