काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक एवं राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक धीरु बस्न्यातले वृक्षारोपण गरेका छन् ।


ADVERTISEMENT


२८ औं समुहको प्रहरी अधिकृत (प्राविधिक) तर्फको आधारभूत तालिम सुरुवात गर्दै महामराजगञ्ज स्थित प्रतिष्ठानको कम्पाउण्डमा बस्न्यातले वृक्षारोपण समेत गरेका हुन् ।


ADVERTISEMENT

# # #


हेर्नुहोस् तस्बिरहरु :

प्राविधिक प्रहरीको आधारभूत तालिम सुरु

२८ औं समुहको प्रहरी अधिकृत (प्राविधिक) तर्फको आधारभूत तालिम सुरुवात भएको छ ।

आइतबार एक समारोहका बीच राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० धीरु बस्न्यातले उक्त तालिमका उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै एआइजी बस्न्यातले समाज र संगठनप्रतिको दायित्व बोध गरेर प्रशिक्षणमा भाग लिन प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

उनले अपराध अनुसन्धान तथा अन्य प्रहरी कार्यमा सहजता ल्याउनका लागि प्राविधिक प्रहरीहरुको आवश्यकता भएको भन्दै प्रतिष्ठानको प्रशिक्षण वातावरणले प्रशिक्षणमा सहभागीलाई व्यवसायिक प्रहरी बनाउनमा सहयोग पुर्याउने विश्वस व्यक्त गरे ।

अनुशासित भएर तालिममा सहभागी हुन उनले आग्रह गरे ।

कार्यक्रममा अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी नायब महानिरीक्षक ९डीआइजी० राम प्रसाद श्रेष्ठ, प्रतिष्ठानका सह–निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० बसन्त बहादुर कुँवर लगायत प्रहरी पदाधिकारी उपस्थित थिए ।

आइतबारबाट सुरु भएको तालिम ९५ दिनमा सकिनेछ ।

आधारभूत प्रशिक्षणमा प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपीं) ७ जना, प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) ११ जना र प्राविधिक प्रहरी नायब निरीक्षक (सबइन्सपेक्टर) ४ जना गरी जम्मा २२ जना (पुरुष १४, महिला ८) को सहभागिता रहेको छ ।