काठमाडौँ – अखिल नेपाल फुटबल महासंघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयेजना गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


यसअघि नेपाली फुटबलको जर्सी २०७४ सालमा परिवर्तन गरिएको थियो । केल्मीले नेपाली फुटबललाई स्पोन्सर गरेपछि जर्सीको डिजाइन परिवर्तन गरिएको थियो । अहिले पनि स्पोन्सर केल्मी छ ।


ADVERTISEMENT

# # #


  त्यस्तै एन्फाको नयाँ लोगो सार्वजनिक पनि भएको छ । एन्फाको लोगोको माथि सगरमाथा छ । लोगोको तल्लोपट्टी नेपालको झण्डा राखिएको छ । लोगोको एक छेउमा बनाइएको फुटबलमा सात प्रदेशको प्रतिक पनि राखिएको छ । लोगोको डिजाइन सन्दीप तिवारीले गरेका हुन् । ५७० वटा डिजाइनमा उत्कृष्ट ठहरिएको यो लोगोका डिजाइनर सन्दीपले ५० हजार रुपैयाँ प्राप्त गरे ।

एन्फाले पहिलो पटक फुटबल गीत पनि बनाएको छ । गीतको बोल छ, ‘फुटबल फुटबल फुटबल, हामी खेल्छौ देशको नाम राख्छौ ।’

यो गीत राष्ट्रिय गीतकै रचनाकार ब्याकुल माइलाले गरेका हुन् । प्रदीप बम्जनले संगीत भरेका छन् भने आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतले स्वर दिएका छन् ।

जर्सी सार्वजनिक कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबलमा विस्तारै सुधार भइरहेको दाबी गरे । खेलाडीहरुले खेलेरै बाँच्ने आधार निर्माण गर्ने उनको दाबी छ । तस्बिर : एन्फा