काठमाडौँ– महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित ४ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले तामाङलाई रु सात लाख ५१ हजार ९३५ मूल्य बराबरको २४९ ग्राम र रानासँग रु पाँच लाख २६ हजार १८५ मूल्य बराबरको २०९ ग्राम सुनसहित पक्राउ गरेको जानकारी दिइन् । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चोरी गर्ने दुई पक्राउ

यसैगरी, महानगरीय प्रहरी प्रभाग कपनले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० ह्याण्डबल मैदानबाट मोटरसाइकल चोरी गर्ने उदयपुरका गङ्गाबहादुर तामाङ र दाङका नवीन बस्याललाई शनिबार राति पक्राउ गरेको हो ।

तामाङले बा ९८प ५०८६ नंको मोटरसाइकल मण्डिखाटारबाट चोरी गरेर ल्याउँदै गरेको अवस्थामा र बस्याललाई बालाजुबाट हराएको बा६५प ५६४० नंको स्कुटर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।