रामचन्द्र पाण्डे, काठमाडौँ–  सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० क्रिकेट विश्वकपमा प्रवेशका लागि हुने ग्लोबल छनोट अक्टोबरदेखि हुने भएको छ । शनिबार युईमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले प्रतियोगिता अक्टोबर ११ अक्टोबरदेखि ३ नोभेम्बरसम्म युनाइटेड अरब इमिरेट्स् (युएई) मा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


प्रतियोगितामा क्षेत्रीय छनोट र प्रत्यक्ष छनोटबाट आएका कुल १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटमा एशियाबाट दुई, पूर्वी एशिया प्यासिफिकबाट १, अमेरिका क्षेत्रबाट दुई, अफ्रिकाबाट २ र युरोपबाट १ देशगरी ८ वटा टिम हुनेछन् । बाँकी ६ यसअघि सन् २०१५ मा भारतमा भएको टी-२० विश्वकपमा सहभागिता जनाएका टिम हुनेछन् । जसमा स्टकल्याण्ड, जिम्बाब्वे, नेदरल्याण्ड, हङकङ, ओमान र आयरल्याण्ड रहेका छन् ।


ADVERTISEMENT

# # #


जसमा उत्कृष्ट ६ टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालले विश्वकप पुग्ने बाटो

टी २० विश्वकपमा जम्मा १६ टिमले सहगाभीता जनाउने छन् । आइसीसी वर्ल्ड टी–२० र्याङ्किङका उत्कृष्ट १० देश सिधै विश्वकप खेल्नेछन् । बाँकी ६ टिम विश्वकप छनोटबाट चुनिएर आउने छन् । विश्वकप छनोटमा सहभागी हुनका लागि नेपालले पहिले एशिया क्षेत्रीय छनोट खेल्नु पर्नेछ । एशिया छनोटमा पूर्वी क्षेत्रका ३ र पश्चिम क्षेत्रका ३ गरी ६ टिमले सहभागिता जनाउनेछन् ।

उक्त छनोट प्रतियोगितामा नेपालसहित युएई, मलेसिया, सिंगापुर, कुवेत र कतार रहेका छन् । प्रतियोगिता जुलाई २५ देखि अगस्ट ३ सम्म मलेसियामा हुँदैछ । यसअघि  यी टोली ६ मध्ये नेपाल उत्कृष्ट दुईभित्र अटेमा बल्ल विश्वकप छनोट खेल्न पाउनेछ ।

यसअघि नेपालले एशिया पूर्वी क्षेत्र छनोट विजेताका रुपमा पार गरिसकेको छ । उक्त प्रतियोगिताबाट नेपालसहित मलेसिया र सिंगापुर एशिया छनोटमा पुगेका छन् भने पश्चिम क्षेत्रबाट युएईसहित कुवेत र कतार रहेका छन् ।  एशिया छनोटमा पुग्नका लागि दुई समूहमा विभाजन गरिएको थियो । पूर्वी क्षेत्रमा नेपालसहत मलेसिया, भुटान, म्यान्मार, चीन, सिंगापुर, र थाईल्याण्ड रहेका थिए । जसमा नेपालले उपाधी जितेको थियो । यस्तै पश्चिम क्षेत्रबाट युएईसहित कतार र कुवेत रहेका एशिया छनोटमा पुगेका थिए ।

१४ टिम सम्मिलित विश्वकप छनोट यही वर्षको अक्टोबरमा हुँदैछ । प्रतियोगिताको उत्कृष्ट ६ टिम २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा सहभागी हुनेछन् ।

भारत, पाकिस्तान लगायतसंग खेल्नका लागि ग्रुपस्टेज पार गर्नुपर्ने

यदि नेपाल विश्वकपमा छनोट भइहाले पनि सिधै भारत, पाकिस्तान लगायत बलिया देशसंग खेल्न भने पाइहाल्ने छैन । त्यसका लागि नेपालले पहिलो चरण पास गर्नुपर्ने छ । पहिलो चरणका लागि दुई समूह विभाजन गरिएको छ । प्रत्येक समूहमा चार टिम हुनेछन् । जहाँ सन् २०१८ को डिसेम्बर अन्तिमसम्म आइसीसी वर्ल्ड टी–२० र्याङ्किङमा उत्कृष्ट ८ भित्र नअटाएका श्रीलंका र बंगलादेश पनि रहेका छन् भने बाँकी विश्वकप छनोटबाट आउने छन् । त्यसका लागि श्रीलंकालाई समूह ‘ए’ मा र बंगलादेशलाई समूह ‘बी’मा राखिएको छ ।

विश्वकपको खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रत्येक समूहका उत्कृष्ट दुई टिम सुपर १२ मा प्रवेश गर्नेछन् । जहाँ आइसीसी वर्ल्ड टी–२० र्याङ्किङमा उत्कृष्ट ८ मा अटाएका पाकिस्तान, भारत, इङल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तान रहेका छन् । नेपालले भारत पाकिस्तान लगायतका देशसंग खेल्नका लागि आफ्नो समूहको उत्कृष्ट दुईमा पर्नुपर्ने छ ।