काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको वाईडबडी विमान खरिद प्रकरणमा कुनै पनि संलग्नता नरहेको बताएका छन् ।


ADVERTISEMENT


हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अधिकारी निर्दोष रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले केही तत्वले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर मान मर्दन गर्न खोजेको भन्दै आपत्ति जनाउँदै अधिकारी कुनै पनि लोभलालचमा पर्ने खालको नभएको पनि स्पष्ट पारे ।

‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न । तर, अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम गर्न खोजे । जो सम्पूर्ण रुपमा निराधार कुरा हो ।’ उनले भने ।

मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधारण काम गरेको ओलीले बताए ।

उनकै सक्रियतामा ६ वटा विमास्थलमा रात्री उडान सञ्चालन, धनगढी, विराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि बढाउने काम भएको भन्दै उनले मन्त्री अधिकारीले उड्डयनको क्षेत्रमा असाधारण काम गरेको स्मरण गरे ।