मजार इ सरिफ – अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चम्ताल जिल्लामा सरकारी सुरुक्षाबलले तालिबान लडाकू विरुद्ध जारी राखेको कारबाहीको क्रममा कम्तीका आठ लडाकू मारिएका छन् ।


ADVERTISEMENT


सेनाका प्रवक्ता मोहमद हनिफ रेजाइले बिहीबार उक्त कारबाहीको जानकारी दिएका छन् । सुरक्षाबलले बुधबार बिहान चम्ताल जिल्लाकोे दई ओटा इलाकामा गरेको कारबाहीको क्रममा ती लडाकू मारिएका प्रवक्ता रेजाइले बताएका छन् ।


ADVERTISEMENT

# # #


सो इलाकामा केही समययता तालिबान लडाकू विरुद्ध सरकारी कारबाही जारी रहेको अधिकारीले जानकारी दिएको छन् ।

तालिबान लडाकू समूहले भने यस विषयको कुनै टिप्पणी गरेका छैनन् । एजेन्सी