काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुका परिवारलाई भेटेर समवेदना दिएक छन् ।


ADVERTISEMENT


उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ललितपुर पुल्चोकमा रहेको मन्त्री निवास पुगेर बिहीबार बिहान मन्त्री अधिकारीका श्रीमती, बाआमालाई भेटेर समवेदना व्यक्त गरेका हुन्।


ADVERTISEMENT

# # #


अध्यक्ष दाहालले दुर्घटनामा परी निधन भएका व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहालका परिवारजनलाई भेटेर समवेदना व्यक्त गरेको दाहालको निजी सचिवालयले जनाएको छ।