काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको छ ।


ADVERTISEMENT


ताप्लेजुङ जाँदा एयर डाइनाष्टीको हेलिकोप्टर दुर्घटना भएको गृहसचिव प्रेमकुमार राईले बताएका छन् । सचिव राईका अनुसार हेलिकोप्टर ताप्लेजुङको उत्तरीभेगमा दुर्घटना भएको छ ।


ADVERTISEMENT

# # #


तेह्रथुमको आठराई गाउँपालिकाको चौहान डाँडामा बन्न लागेको विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारी  काठमाडौंबाट  त्यतातर्फ गएका हुन् । उक्त हेलिकोप्टरमा यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, विरेन्द्र प्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुन कुमार घिमिरे पनि सवार रहेको बताइएको छ ।

मौसम खराब भएका कारण काठमाडौँबाट उद्दारका लागि हेलिकोप्टर जान सकेको छैन । थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार : प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को आकस्मिक बैठक