एजेन्सी– पाकिस्तानी सेनाले भारतीय दुई विमान खसालेको दाबी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेर पाकिस्तानी वायू सेनाले पाकिस्तानको अन्तरिक्षमा प्रवेश गरेका दुई भारतीय विमान खसालेको दाबी गरेका हुन् ।


ADVERTISEMENT



उनले ट्वीटमा भनेका छन्, ‘आज बिहानै पाकिस्तानी वायू सेनाको आक्रमणको जवाफमा भारतीय सेनाले भारत–पाक नियन्त्रण रेखा (एलओसी) पार गर्यो । पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयरस्पेसभित्र दुई भारतीय विमान खसालेको छ । एक विमान एक विमान आजाद जम्मूकश्मिरमा खस्यो भने दोस्रो भारतीय क्षेत्र कश्मिरमा । एक भारतीय पाइलटलाई गिरफ्तार गरिएको छ ।


ADVERTISEMENT

# # #


तर पनि पाकिस्तानको यो दाबी कुनैपनि किसिमले पुष्टि हुन भने सकेको छैन । उता पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले पाकिस्तानी सेनाले भारत–पाकिस्तान नियन्त्रण रेखामा बमबारी गरेको बताएका छन् ।

‘पाकिस्तान वायु सेनाले आफ्नो वायु सीमाभित्र रहेर अर्कोतिर बमबारी गरेको छ । यद्दपी यो भारतको हरकरतका विरुद्ध गरिएको जवाफी कारबाही थिए । यसकारण पाकिस्तानले गैर-सैन्य लक्ष्यलाई निसाना बनायो, ता कि जनधनको क्षती नहोस्’ उनले भनेका छन्, ‘यसको कारण आत्मरक्षाको अधिकार, इच्छाशक्ति र क्षमताको प्रयोग गर्नु थियो । हाम्रो यस टकराबलाई बढाउने कुनै मनसाय छैन । तर बाध्य पारियो भने हामी पूरै तयार छौँ ।’

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बालाको हमलाको पछिल्लो दिन अर्थात् बुधबार पाकिस्तानका विमान भारतीय वायु सीमामा प्रवेश गरेका छन् । यस्तै अर्को समाचार एजेन्सी रोयटर्सले पनि पाकिस्तानी विमान भारतको प्रवेश गरेको बताएको छ ।

भारतले मंगलबार नै पुलावामा आक्रमणको मूख्य दोषी मानिएको जैश ए मोहम्मदको क्याम्प रहेको पाकिस्तानको बालाकोटमा एक हजार किलोको बम खसाल्दै भारतले ३५० चरमपन्थी मारेको दाबी गरेको थियो । तर पाकिस्तानले भने कुनै मानवीय क्षती नभई एक दर्जन रुख मात्रै ढलेको प्रतिक्रिया दिएको थियो ।