एजेन्सी– पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले भारतले पाकिस्तानमाथि गरेको आक्रमणको जवाफ दिने बताएका छन् । भारतले पाकिस्तानको सम्प्रुभता उलंघन गरेको भन्दै उनले यस आक्रमणको बदला लिने बताएका हुन् ।


ADVERTISEMENT


भारतीय वायुसेनाले मंगलबार विहान(एलओसी) पार गर्दै बालाकोट नजिकै बम खसालेको थियो । भारत सरकारले पाकिस्तानी भूमिमा रहेको आतंकवादी संगठन जैश-ए-मोहम्मदको अखडामा आक्रमण गरेको र थुप्रै चरमपन्थी मारिएको दाबी गरेको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बोलाइएको सुरक्षा परिषद्को आपत्कालीन बैठकपछि जारी बयानमा भारतको दाबी खारेज गर्दै भनिएको छ, ‘हामी भारतको बालकोटस्थित कथित आतंकवादी शिविर ध्वस्त गरेको  र ठूलो क्षती पुगेको भारतको दाबीलाई खारेज गर्दछौँ ।’

पाकिस्तानले भारतको यो गैरजिम्मेवार आक्रमणको सही समयमा जवाफ दिन बताएको छ । पाकिस्तानी विदेशमन्त्रीले बैठकपछि भने, ‘एक पटक फेरि भारत सरकारले आफ्नो उद्देश्य पूरा गर्नका लागि निराधार र मनगढन्ते दाबी गरेको छ । यो आफ्नो आन्तरिक स्वार्थ पूरा गर्नका लागि गरिएको हो । किनकी त्यहाँ निर्वाचनको माहोल छ । यसका लागि क्षेत्रीय सुरक्षा र स्थिरितालाई गम्भीर खतरामा पुर्याइएको छ ।’

‘प्रधानमन्त्री इमरान खानले सेनाका सबै अंग र आम नागरिकलाई जुनसुकै स्थितिका लागि पनि तयार रहन निर्देशन दिनुभएको छ ।’ कुरेशीले भने, यो पाकिस्तानको विरुद्धमा छ र पकिस्तानले जवाफ दिनेछ ।’

‘स्थितिलाई अझ खराब बनाउने न त हाम्रो उद्देश्य थियो न त हुनेछ । तर आक्रमणको जवाफ दिनु हाम्रो कर्तव्य हो । हामी शान्तिप्रिय छौँ । तर, पाकिस्तानी सीमाको रक्षा गर्नुको महत्व पनि हामी सम्झिन्छौँ’, उनले भने ।