काठमाडौं – सत्तारुढ दल नेकपाले एकता प्रस्ताव तयार पार्न गठन गरेको कार्यदलको म्याद थप नगर्ने भएको छ। नेकपाका नेता तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताका लागि बनेको कार्यदल भंग भएको जानकारी दिए ।


ADVERTISEMENT


आज बिहान बसेको नेकपाको सचिवालय बैठकले सो निर्णय गरेको हो । कार्यदलमा रहेका नेताहरुले बिहीबार सचिवालयसँगै बसेको बैठकमा कार्यदलको म्याद एक हप्ता थप्न आग्रह गरेका थिए ।


ADVERTISEMENT

# # #


बैठकमा बोल्ने कार्यदलका बहुमत सदस्यहरुले पनि म्याद थप्नुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए ।

अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ । बाँकी काम सचिवालयले नै गर्ने बताइएको छ ।