धनगढी– आफ्ना प्रमुख खेलाडी अंकित दवासलाई बलिङमा प्रतिबन्ध लगाएपछि काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) बहिष्कार गरेको छ । फाइनल प्रवेशका लागि आज हुने महेन्द्रनगरसंगको खेल बहिष्कार गरेको हो ।


ADVERTISEMENT


यससंगै महेन्द्रनगर फाइनल पुगेको छ  । फाइनल भोलि शनिबार हुँदैछ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सीवाइसी अत्तरियाले यसअघि पहिलो क्वालिफयर्समा काठमाडौँलाई पराजित गर्दै फाइनल पुगेको थियो ।


ADVERTISEMENT

# # #


भारतीय खेलाडी अकिंत दवासमाथि बलिङमा प्रतिवन्ध लगाएपछि डिपिएलको क्वालिफायर बहिस्कार गरेको काठमाडौं गोल्डेन्सका व्यवस्थापकले जनाएका छन् ।

‘पाँच म्याचसम्म गलत देखिएन, छैटौं म्याचमा आएर खराब बलिङमाथि कारवाही गरेर पूर्वाग्रही निर्णय भयो । कुनै खेलाडीको बलिङमा शंका लागेको खण्डमा ब्यापक अनुशन्धान पछिमात्र प्रतिबन्धको निर्णय लिइन्छ तर, यसमा कुनै अध्ययन भएन’ ती पदाधिकारीले भने ।

डिपिएलमा काठमाडौंबाट खेलिरहेका दवासले ५ खेलमा १ सय ५३ रन बनाउनुका साथै ६ विकेट लिएका छन् । नियमविपरीत बलिङ गरेको भन्दै दवासलाई डिपिएलमा प्रतिबन्ध लागेपछि काठमाडौं आयोजकसँग रुष्ट बनेको हो । दवास भारत झारखण्डबाट रणजी ट्रफी खेलिसकेका खेलाडी हुन् ।