काठमाडौँ–  घुस प्रकरणमा मुछिएपछि राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि अख्तियारले छानविन गर्न तीन सदस्यीय अनुसन्धान टोली गठन गरेको छ । अख्तियारले मंगबार एकजना सहसचिवको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोली गठन गरेको हो ।


ADVERTISEMENT


अख्तियारको आज बसेको बैठकले आजदेखिनै विस्तृत अनुसन्धान गर्ने गरी टोली गठन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै पाठकले सञ्चालकसँग ७८ लाख घुस लिएको आरोप लागेको छ । त्यसको भिडियो नै सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । घुस खुवाउने पक्षले पाठकले घुस लिएको भिडियो सुरक्षा निकाय, दलका नेता र मिडियालाई लगेर बुझाएपछि यो प्रकरण बाहिर आएको हो।