काठमाडौँ– धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सीवाइसी अत्तरिया प्लेअफमा प्रवेश गरेको छ भने विराटनगर किंग्स बाहिरिएको छ । सोमबार भएको खेलमा अत्तरियाले विराटनगरले १० रनले पराजित गरेको हो ।


ADVERTISEMENT


सन्नी पटेलले विष्फोटक ब्यटिङ गरेपछि फाप्ला मैदानमा टस जितेर ब्याटिङ थालेको अत्तरियाले १४८ रन बनायो । १४९ रनको चुनौति पच्छ्याउने क्रममा विराटनगर किंग्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनमै समेटियो । विराटनगरका लागि आशिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । तर, पछिल्लो क्रममा आएको ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा टिमले हार ब्यहोर्यो ।


ADVERTISEMENT

# # #


विराटनगरका लागि आशिफ शेखले ३४ बलमा सर्वाधिक ३९ रन बनाए । सो क्रममा उनले तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै पृथु बाँस्कोटाले २६ बलमा २७ रन बनाउँदा ४ चौका हाने । अभिनास यादवले १४ र असाद उल्लाह खानले १३ रन बनाउँदा कप्तान करण केसीले १२ रन जोडे ।

अत्तरियाका लागि भुवन कार्की र दीपेन्द्र रावतले समान ३३ विकेट चट्काए । दीपेन्द्रले ४ ओभरमा २० रन खर्चिँदा भुवनले ३ ओभरमा ३५ रन दिए ।

यसअघि ओपनर जयकिशन कोल्सावाला र सन्नी पटेलको अर्धशतकको मदतमा अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४८ रन बनाएको छ । अत्तरियाका लागि प्रतियागिताकै उच्च स्कोर दिलाउने क्रममा सन्नी पटेलले अन्तिममा विष्फोटक ब्याटिङ गर्दा कोल्सावालाले अर्कोतर्फबाट साथ दिए । उनले ५० बलमा २ छक्का र ५ चौकाको मदतमा नटआउट ५१ रन बनाए ।

यता सन्नी पटेलले नटआउट ६१ रनको शानदार पारी खेले । उनले ३१ बलमा ४ छक्का र पाँच चौका प्रहार गरे । सन्नीले अन्तिम १२ बलमा ३९ रन बनाउने क्रममा किशोर महतोको अन्तिम ओभरमा २४ रन प्रहार गरे । यस्तै अत्तरियाका लागि सन्दीप जोराले ३ र कप्तान दीपेन्द्र सिंह ऐरीले १० रन बनाए । दीपेन्द्रले रन आउट हुनुअघि ८ बलमा एक चौका प्रहार गरे ।

यता विराटनगरका लागि शुसन भारी र संसाद शेखले समान १/१ विकेट लिए । विराटनगरको हारले महेन्द्रनगर प्लेअफमा पुगेको छ । समान ४ अंक रहेपनि महेन्द्रनगरले विराटनरलाई रनरेटले पछि पार्दै प्लेअफमा प्रवेश गरेको हो । विराटनगरले ५ खेलमा २ हार तथा एक जित निकालेको थियो भने दुई खेल वर्षाका कारण स्थगित भएपछि अंक बाँडेको थियो । यस्तै महेन्द्रनगरले पनि ५ खेलमा १ जित र २ हार व्यहोर्दा तथा दुई खेलमा अंक बाँडेको थियो ।

मंगलबार समूहचरणको अन्तिम खेल सीवाईसी अत्तरिया र काठमाडौँ गोल्डेन्सबीच हुनेछ । उक्तखेल मार्फत समूह विजेताको टुंगो लाग्नेछ ।