काठमाडौं – डिफेण्डिङ च्याम्पियन धनगढी स्टार्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटबाट बाहिरिएको छ । एक खेलअगावै प्रतियोगिताबाट आउट भइसकेको धनगढीले सोमबार भएको अन्तिम खेलमा रुपन्देही च्यालेन्जरसंग पनि हार व्यहारेको हो ।


ADVERTISEMENT


फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेल पनि धनगढीले रुपन्देही च्यालेन्जर्ससँग ३९ रनले पराजित हुँदै गुमाएपछि प्रतियोगिताका सबै चार खेल हारमा टुंग्याएको हो । धनगढीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।


ADVERTISEMENT

# # #


मैदान ओसिलो भएका कारण सोमबार ढिलो गरी सुरु भएको खेल १५ ओभरमा छोट्याएको थियो । रुपन्देहीले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुदा उसले ६७ रन मात्रै बनाउन सक्यो ।

धनगढीका लागि पवन सर्राफले १५, कप्तान सोमपाल कामीले ११ र सन्दीप रजालीले १० रन बनाए । बलिङतर्फ रुपन्देहीका ललित भण्डारीले तीन विकेट लिए । त्यस्तै, बिक्रम सोबले दुई विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १५ ओभरमा सबै विकेटको क्षतिमा १०६ रन जोड्यो । रुपन्देहीका सुमित महर्जनले ३३, विनोद भण्डारीले २४ र बाबर हायातले १९ रन बनाए ।

बलिङतर्फ धनगढीका सोमपाल कामी, विपिन खत्री र पवन सर्राफल समान २–२ विकेट लिए ।