काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले बाँकी काम सम्पन्न गर्न एक साताभित्रै नयाँ टेन्डर आह्वान गर्ने भएको छ । अब गरिने टेन्डर कामको प्रकृतिअनुसार फरक–फरक हुनेछन् । सबै कामका लागि एक मात्रै टेन्डर गर्दा प्रक्रिया लामो र कामसमेत ढिलो हुने भएकाले एकभन्दा बढी टेन्डर आह्वान गर्ने आयोजनाको तयारी छ ।


ADVERTISEMENT


इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडिएपछि बाँकी काम कसरी अघि बढाउने भन्ने विषयमा खानेपानी मन्त्रालय र मेलम्ची आयोजना विकास समिति छलफलमा छन् । ‘सिएमसीसँगको सम्झौता तोडिएपछि नयाँ टेन्डर खुलाउने तयारी भइरहेको छ,’ आयोजना स्रोतले भन्यो, ‘सिंगल टेन्डर गर्दा प्रक्रिया लामो हुन्छ । विशेष अवस्था भनेर कामको प्रकृतिअनुसारका एकभन्दा बढी टेन्डर आह्वान हुन्छ र प्रक्रियासमेत छोटो गर्न सकिन्छ ।’


ADVERTISEMENT

# # #


सरकारले सिएमसीलाई सन् २०१३ मा तीन वर्ष्भित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरी सात अर्ब ७२ करोडमा आयोजनाको जिम्मा दिएको थियो । तर, भूकम्प, नाकाबन्दीलगायतका कारण देखाउँदै विभिन्न समयमा सम्झौता थप गरिएको थियो । पछिल्लो सम्झौताअनुसार सिएमसीले २७ माघसम्म आयोजनाको काम सक्नुपर्ने थियो ।

विभिन्न कारण देखाउँदै सिएमसीका प्रतिनिधिले २९ मंसिरदेखि नै काम छाडेपछि आयोजना बोर्डले २४ माघमा ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो ।

सिएमसीको आशाले निर्णय हुन सकेन सिएमसीसँगको ठेक्का तोडिएको दुई साता बित्न लाग्दासमेत आयोजनाको बाँकी काम कसरी अघि बढाउने भन्नेबारेमा निर्णय हुन सकेको छैन ।