काठमाडौं । फेसबुकजस्ता सामाजिक सन्जालको अधिक प्रयोग मानसिक स्वास्थ्यका लागि हानिकारक हो भन्ने विषय यसअघि कैयौं अनुसन्धानले बताइसकेको छ।


ADVERTISEMENT


ती अनुसन्धानले फेसबुकको प्रयोगले मानिसमा डिप्रेसन, एक्लोपन, इश्र्याको भाव उत्पन्न गराउने तथा आत्मबलको कमी गराउनेजस्ता समस्या निम्तिने समेत जानकारी दिइसकेको छ।


ADVERTISEMENT

# # #


फेसबुक सम्बन्धी नै गरिएको नयाँ अध्ययनले भने फेसबुक चलाउनबाट केही समय टाढीए यसले मानसिक स्वास्थ्य तन्द्रुस्त बनाउने बताएको छ।

साइबरसाइकोलोजी, बिहेबियर एण्ड सोसल नेटवर्कीङमा पकाशित नयाँ अध्ययनका अनुसार फेसबुक कम्तिमा एक हप्ता नचलाए यसले इश्र्याको भाव, एक्लोपनको भावना मानव मस्तिष्कबाट हट्ने छ।

अध्ययन ३२ वर्ष मुनीका २ हजार जनामा गरिएको अध्ययन हो। यस अध्ययनका लागि मानिसहरुलाई दुई भागमा बाँडिएको थियो। एक समूहले फेसबुक चलाई रहे अर्को समूहले एकहप्ता फेसबुक चलाएनन्।

अनुसन्धान अगाडि र पछाडि उनीहरुलाई फेसबुक सम्बन्धी साथै डिप्रेसन, रिस, एक्लोपन, खुशी, उत्सुकता लगायत विभिन्न प्रश्न गरिएको थियो।

अनुसन्धानले माथि उल्लेखित विषयमा फेसबुक प्रयोगकर्ताको व्यवहार र एक हप्ता फेसबुक नचलाएका मानिसहरुको व्यवहारमा फरक देख्यो।

फेसबुक प्रयोगकर्तामा डिप्रेसन, रिस, एक्लोपन तथा नकरात्मक भावनाका क्रियाकलाप बढी रहेको अनुसन्धानले पत्ता लगायो।

फेसबुकबाट केही समय अलग भएका मानिसहरु भने फेसबुक प्रयोगकर्ताभन्दा खुशी र उनीहरुको मानसिक स्वास्थ्य राम्रो भएको देखियो। फोर्ब्स