काठमाडौं । नेपाल विद्यार्थी संघ आवद्ध नेतृत्वहरु अब बन्ने नेविसंघ तदर्थ समिति बनाउदा ३२ बर्ष उमेरको प्रावधान अक्षर सह कार्यन्वय गर्नु पर्ने माग गरेका छन् ।


ADVERTISEMENT


उपत्यकाका क्याम्पस र विभिन्न जिल्लाबाट नेतृत्वका आकांक्षी ४ सय बढि छात्रा नेतृहरु शनिबार काङ्ग्रेस सभापति शेर बहादुर देउवा निवास पुगेर विधान विपरीत गएर ३२ वर्ष प्रावधान हटाउन भैइरहेका चलखेल वाट सचेत रहन आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले ४८ वर्शे इतिहास मा आज सम्म कुनै पनि महिला लाई अध्यक्ष बन्ने अवसर न देएको गुनासो गर्दै अब बन्ने तदर्थ समिति को नेतृत्व महिलालाई दिन माग गरे।

‘पार्टी सभापति ज्यु ले नै नेपालमा समाबेशीको कुरा उठाएको र प्रधानमन्त्री,रास्ट्रपति महिला वाटै बनाउने इच्छा रहेको भन्ने आवाज पटक पटक हामिले सुनेका छौं । यसको शुरुआत नेविसंघ अध्यक्षमा महिलाको नेतृत्व ल्याएर गर्न आग्रह गरेका छौ’, भेटमा महिलाको नेतृत्व ल्याएर गर्ने आग्रह गरेका छौ,भेटमा संलग्न नेविसंघका पुर्ब केन्द्रीय सदस्य प्रतिमा भट्टले बताइन् ।

विभिन्न माग सहित वुढानिलकष्ठ पुगेका छात्राहरू संग सभापति देउवाले ३२ वर्ष उमेर हद कायम रहने र यस पटक महिलाकै सम्भावना वढी भएको बताएको अर्को सह भागिले भने नेपाल विद्यार्थी संघका छात्राहरु विधान अनुसार उमेर हद कायम गर्न पार्टी सभापति शेर वहादुर देउवासंग माग गरेका छन् ।

नेविसंघ तदर्थ समिति गठन गर्दा ३२ बर्ष मुनि को नेतृत्व हुनुपर्ने माग सहित छात्राहरुको समूह देउवा निवास पुगेर यस्तो दवाव दिएका हुन् ।

पार्टी भित्रै विधान विपरित तदर्थ समिति ल्याउन देउवालाई सचेत गराएको बुझीएको छ ।