गोर्खा । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका प्रतिनिधिले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


गोरखाको पालुङटारमा आज स्थानीय जनप्रतिनिधिसँगको छलफलमा डा भट्टराईले जनताले मत दिएर जिताएकाले उनीहरुको भावना बुझ्न नसके देशको समृद्धि हुन नसक्ने बताए। पूर्वपश्चिम जागरण अभियानका क्रममा गोरखा आइपुगेका उनले नेपाली जनताको चाहना विकास र समृद्धि भएकाले सबैले इमान्दारिता साथ आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्नुपर्नेमा जोड दिए। “सुशासन र विकास निर्माणका लागि सबै प्रतिबद्ध भए देशको विकास गर्न गाह्रो छैन,” डा भट्टराईले भने, “यहाँ सबैमा इमन्दारिताको खाँचो छ ।”


ADVERTISEMENT

# # #


नेपाली जनताको त्याग र बलिदानबाट नेपालमा गणतन्त्र आएकाले शहीदले देखाएको बाटो भुल्न नहुने उहाँको भनाइ थियो । तत्कालीन नेकपा माओवादीले शुरु गरेको १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट अहिलेको परिवर्तन सम्भव रहेको डा भट्टराईले बताए। जनयुद्धको राजनीतिक नेतृत्व गर्ने अवसर पाएकामा आफूलाई गर्व लागेको र त्यही आन्दोलनका कारण नेपालमा राजतन्त्रको अन्त्य सम्भव भएको उनले बताए। जनताको भावना र चाहना बुझ्न मध्यपहाडी लोकमार्ग जागरण अभियानमा हिँडेको डा भट्टराईले बताए ।