काठमाडौं– शिवम् सिमेन्टले “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” उपभोक्ता योजना अन्तर्गत तेस्रो चरणको विजेता सार्वजनिक गरेको छ । कम्पनीले ६० भाग्यशाली कुपन विजेतामार्फत १२० जना विजेताहरुको नाम लक्की–ड्र गरी सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


तेस्रो चरणको लक्की–ड्र अन्तर्गत शिवम् सिमेन्ट्सले पत्रकारहरुको सहभागितामा आफ्नो आधिकारीक फेसबुक पेज मार्फत प्रतक्ष्य प्रसारण गरी जनकपुरबाट उक्त विजेताहरुको नाम सार्वजनिक गरिको थियो । यस अघिनै काठमाडौं र हेटौंडामा भएको लक्की–ड्र मा २४० जना भाग्यशाली विजेताहरु छनौट गरिनुका साथै अधिकांश विजेताहरुले हेलिकप्टर मार्फत गोसाइकुण्ड देवदर्शन यात्रा गरि सकेका छन् ।


ADVERTISEMENT

# # #


यस योजना अन्तर्गत भाग्यशाली विजेताहरुले काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टरमार्फत् देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् । हालसम्म १८० कुपन मार्फत ३६० जना छनौट भई सकेका छन् भने अझै १२२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।