काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले केही स्वार्थी तत्वले जनतामा निराशा फैलाउन थालेको बताएका छन् । जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला जनतालाई निराश बनाउन अनुचित र अनुपयुक्त प्रयास भइरहेको दावी गर्दै प्रधानमन्त्री ओलीले त्यसबाट सचेत रहन आग्रह गरे


ADVERTISEMENT


सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न पनि सबैलाई आह्वान गरे । उनले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत्र दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भइरहेको दावी गरे ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए । मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भइरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।