माघ २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ।


ADVERTISEMENT


यस अवधिमा सरकारले गरेका काम कारबाहीका विषयमा सकारात्मक नकारात्मक दुवै किसिमका टिप्पणीहरू आइरहेका छन्।


ADVERTISEMENT

# # #


यही विषयमा केन्द्रित भएर आज प्रकाशित हिमाल साप्ताहिक खबर पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको अन्तर्वार्ता छापेको छ। प्रस्तुत छ– त्यसका केही अंशः

पहिलोपटक प्रधानमन्त्रीका रूपमा २०७२/०७३ सालको ९ महिना र अहिलेको वर्ष– आफ्ना दुई कार्यकालको तुलना कसरी गर्नुहुन्छ?  

म त्यति धेरै फरक त पाउँदिनँ तर जिम्मेवारीहरू भने फरक छन्। पहिलो कार्यकालमा भर्खरै बनेको संविधान कार्यान्वयनमा चुनौती बन्यो– नाकाबन्दी। नाकाबन्दीले हलचलमै केही महिना बिते। दृढ अडान सहितको दृष्टिकोणमार्फत सम्मान पाउन गरिएको कुटनीतिक प्रयास र नीति बनाएर अगाडि बढ्दा अरु धेरै काम गर्ने समय नै भएन। यद्यपि हामीले काम गर्यौं। हाम्रो नीति र कार्यक्रम साक्षी छ। मधेशका नारा लगाऔं या पहाडको, गरिबको होस् या महिलाको– बजेट र नीति योजनाले सबैलाई सम्बोधन गरेका थिए। तर सरकारलाई काम गर्न दिइएन। असफल बनाइयो।
यसमा अरू कारण थिएन। मेरो नेतृत्वमै देश विकास हुने खतरा लाग्यो कतिलाई। लोकप्रिय हुने भयो भन्ने डर पैदा भयो। अहिले पनि भइरहेको त्यही हो। हिजो देश विकास हुने खतरा मात्रै लागेको थियो उनीहरूलाई, अहिले चाहिँ देश विकास हुने नै भयो भनेर तर्सिएका छन्। ।

सरकारले गरेका कामहरू किन महसुस भइरहेको छैन त?
अहिले काम भइरहेको नदेख्नेले कहिल्यै देख्दैनन्। न पुल बनेको देख्छन् न बाटो बनेको। सामाजिक सुरक्षामा अनौपचारिक क्षेत्रलाई पनि औपचारिक सरह गरिएको छ, देख्दैनन्। सामाजिक सुधारको सन्दर्भमा, समानताको सन्दर्भमा, न्यायको सन्दर्भमा जे भएको छ, त्यो पनि देख्दैनन्।

पहिलो कार्यकालमा मलाई नाकाबन्दीविरुद्ध लडेर राष्ट्रवादको छवि बनाएर, त्यही नाराको आडमा लोकप्रिय भएको भन्ने गलत व्याख्या गरिएको पाउँछु। यस्तो देखाइन्छ कि मानिलिऊँ, त्यो मैद्वारा सिर्जित कृत्रिम परिस्थिति थियो जसमा म केवल अभिनय गरिराखेको थिएँ। देशप्रेमलाई नाटकीय लाभ–हानिका रूपमा परिभाषित गर्न खोजियो।