काठमाडौं । प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट यो कुरा गोप्य बोलको गीत सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


सार्वजनिक उक्त गीतमा आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्द सुन्न सकिन्छ । गीतको एरेन्ज अविरलले नै गरेका हुन् । यो कुरा गोप्य निकै रमाइलो र डान्सिङ गीत भएको प्रमोदले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हामीले यस गीतलाई पूर्ण रुपमा डान्सिङ फ्लेवरमा तयार पारेका छौँ । गीतको भिडियोलाई हामीले फरक तरिकाले बनाएका छौँ । शब्द तथा संगीतको हिसाबमा पनि निकै राम्रो भएको छ ।’

उनी यस गीतले दर्शक र श्रोताको मन जित्नेमा विश्वस्त छन् । शान थापाको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा नाजिर हुसेन र एलिशा राईको जोडी बाधिएको छ । भिडियोमा नाजिरले एलिशालाई आफूले माया गरेको कुरा गोप्य राख्न आग्रह गरिरहेका छन् ।

नाजिर आफ्नो हरेक क्रियाकलाप गोप्य राख्ने बताइरहेका छन् । तर, भिडियोको अन्त्यमा गायक खरेल कथामा ट्विस्ट बनेर आइदिन्छन् र एलिशालाई भगाउँछन् । राजिव समरको नृत्य निर्देशनमा रहेको भिडियोलाई अनिल के मानन्धरले खिचेका छन् ।

कमल प्रसाईले ड्रेन चलाएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । दिक्षा क्रियशनले तयार गरेको अडियो भिडियोलाई दिपा सिटौला खरेलले निर्माण गरेकी हुन् ।