सिन्धुली– सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लाको फिक्कल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा दुर्घटना भएको हो।


ADVERTISEMENT


बा १५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।


ADVERTISEMENT

# # #


दुर्घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

घाइतेहरूको स्थानीय अस्पताल उपचार भइरहेको छ ।