काठमाडौँ– आइएमई जनरल इन्स्योरेन्स लिमिटेड कम्पनीको थप एक शाखा कञ्जनपुरको महेन्द्रनगरमा सञ्चालनमा आएको छ । बुधबारबाट सुरु भएको उक्त शाखाको कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्गबहादुर मल्लले संयुक्त रुपमा गरेका छन् ।


ADVERTISEMENT


शाखा उद्घाटनको अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरि नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीको आज उद्घाटन भएको शाखा सहित ४४ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिए ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेको र आउंदो दिनमा एक सफल र सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्नेछ भनि जानकारी दिए । आगामी दिनमा अफ्ना ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गरी सन्तुष्ठ ग्राहकहरुको साथमा कम्पनी अगाडी बढ्नेछ भनि जानकारी गराए ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब.२०७५।७६ को लागि माघ २२ गतेसम्ममा करिब ७० करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी १अरब ७ करोड रहेको जानकारी दिंदै आज उद्घाटन भएको शाखा सहित ४४ शाखा तथा ११ सेवा काउण्टरबाट ग्राहक महानुभावहरुलाई सेवा दिईरहेको साथै २५० जना कर्मचारीहरुलकाई रोजगारी प्रदान गरिरहेको साथै नयां रोजगारीमा जोड दिई रहेको सेमत जानकारी गराए ।

समारोहमा महाकाली यातायात समितिका अध्यक्षडम्बर राज पन्त, कन्चनपुर हार्डवयर एशोसिएसनका अध्यक्ष दानसिंह ठकुराठी लगायत सञ्चालक समितिका सदस्यको उपस्थिति थियो ।

सोही कार्यक्रममा विभिन्न संघ, संस्था, बैंक तथा वित्तीय कम्पनी, सहकारी संस्थाका प्रमुखहरुले कम्पनीले स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि महेन्द्रनगरमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिए ।