धरान । धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका लागि योगफल तयार पारिदिएपछि उत्पन्न समस्यामा राति अबेरसम्म चलेको बैठकले निकास निकालेको छ ।


ADVERTISEMENT


बैठकले निकास निकाल्दै आज बिहानदेखि ५९ घन्टादेखि अवरुद्ध रहेको मतगणना चालु हुने भएको छ ।


ADVERTISEMENT

# # #


प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाको प्रमुख सक्रियतामा राति अबेरसम्म धरानमा चलेको बैठकले यसअघिका निर्वाचन अधिकृत जयप्रसाद महतको सट्टामा अर्का मतदान अधिकृत कमल थापालाई नियुक्त गरी वडा नम्बर १ देखि ८ सम्म गनि सकिएको मतको पुनः रुजु गर्ने र गणना भइरहेको वडा नं ९, १० र ११ को मत पुनः गणना गर्ने सहमति भएपछि मतगणना सञ्चालन हुने पक्का भएको हो । अब कसैले पनि गल्ती दोहोरिन नदिनका लागि सतर्कता अपनाउने पनि सहमति भएको बताइएको छ ।