काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड यो सिजन निकै रोमाञ्चक हुँदै आएको छ । लिगको उपाधि होडमा लिभरपुल, साबिक विजेता म्यानचेस्टर सिटी तथा टोटनह्याम प्रस्तुत हुँदै आएका छन् ।


ADVERTISEMENT


लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ ।


ADVERTISEMENT

# # #


घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ ले हरायो । म्यानचेस्टर सिटीको जितमा तीनै गोल सर्जियो अग्युरोले गरे । आर्सनलका लागि लरेन्ट कोसिएल्नीले एक गोल फर्काए ।

खेलको पहिलो मिनेटमा नै अग्युरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ११ औँ मिनेटमा कोसिएल्नीले आर्सनलका लागि बराबरी गोल फर्काए । ४४ औँ मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा सिटीले २–१ को अग्रता लियो ।

अग्युरोले ६१ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेपछि सिटीले ३–१ को जित निश्चित भएको हो ।

अग्युरोले म्यानचेस्टर सिटीबाट सबै प्रतियोगितामा गरेको यो १४ औँ ह्याट्रिक हो । यस्तै सिटीबाट उनले प्रिमियर लिगमा १० पटक ह्याट्रिक गरेका छन् । उनी सिटीबाट ११ ह्याट्रिक गरेका एलन शिएरर भन्दा एक ह्याट्रिकले पछि रहेका छन् ।

जितपछि टोटनह्यामलाई पछि पार्दै दोस्रो स्थानमा फर्किएको सिटीको २५ खेलबाट ५९ अंक भएको छ । तेस्रो स्थानमा झरेको टोटनह्यामको ५७ अंक छ । एक खेल कम खेलेको शीर्षस्थानको लिभरपुलको ६१ अंक छ ।