काठमाडौँ– युएईमा जारी टी २० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत अन्तिम तथा निर्णयक खेलमा नेपालले युएईलाई १०५ रनको चुनौति दिएको छ । वर्षाले प्रभावित बनाएपछि १० ओभरमा घटाइएको खेलमा नेपाले १०४ रन बनाएको छ ।


ADVERTISEMENT


दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को मैदानमा टस हारेर ब्यािटङ थालेको नेपालले १० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि पारस खड्काले सर्वाधिक २९ रन बनाए । १४ बलमा उनले ४ चौका र एक छक्का प्रहार गरे । यस्तै पाचौँ नम्बरमा आएका सन्दीप जोराले २९ रनको योगदान दिए । आक्रामक देखिएका सन्दीपले ११ बलमा ३ छक्का ठोके ।

यस्तै विनोद भण्डारीले १३ बलमा २१ रन बनाए । उनले ३ चौका र एक छक्का हाने । यस्तै ज्ञानेन्द्र मल्ल ९ बलमा ११ (२ चौका) र करण केसी ५ बलमा १० रन (एक छक्का) हान्दा दीपेन्द्र सिंह ऐरी २ तथा पवन सर्राफ शून्य रनमा आउट भए ।

यता युएईका लागि मोहमम्मद नाभिद र सुल्तान अहमेदले समान २/२ विकेट लिए । निकै किफायती बलिङ गरेका नाभिदले २ ओभरमा ६ रन मात्रै खर्चिए । यस्तै मोहम्मद बूटा, अमिर हायात र जाहूर खानका नाममा १/१ विकेट रह्यो ।

यसअघिका दुई मध्ये नेपा र युएईले १–१ खेल जितेका छन् । आजको खेल नेपालले जितेमा इतिहासमै पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज जित्ने छ । यता यसअघि एक दिवसीय सिरिज गुमाएको युएई टी-२० अन्तर्राष्ट्रिय सिरिज घरमै राख्न चाहन्छ ।

नेपालले यसअघि भएको एक दिवसीय सिरिज २-१ ले जितेको थियो ।