काठमाडौँ– नेपाली कांग्रेसका यसवन नेता गगन थापाले शनिबार नेविसंघले सरकारी गाडीमाथि आगजनी गरेकोप्रति असन्तुष्टि जनाएका छन् । उनले यस्तो कार्य लगतमात्र नभई निन्दनीय भएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार सामाजिक सञ्जालमार्फत नेता थापाले भनेका छन्, ‘नेविसंघको नाममा केही विद्यार्थीले सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ। किन्तु,परन्तु केही नलगाई मेरो उत्तर स् त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु।’


ADVERTISEMENT

# # #


सरकारविरुद्ध आन्दोलनरत कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारी गाडीहरुमा आगजनी र तोडफोड गर्दै आएको छ । नेविसंघ हिजो सार्वजनिक विदाको दिन शनिबार पनि सरकारी गाडी चलाएको भन्दै पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख चढ्दै आएको बा १ झ ५८७९ नम्बरको सरकारी गाडीमा आगजनी गरेका थिए ।

यस्तै काठमाडौंमा सचिवद्वय शिशिरकुमार ढुंगाना र दिनेशकुमार घिमिरे तथा सहसचिव प्रविणराज अर्यालको गाडी नियन्त्रणमा लिएका थिए । यसैगरी सप्तरीबाट प्रदेश २ को मुख्यमन्त्री कार्यालयका सचिवको गाडी पनि उनीहरुले नियन्त्रणमा लिएका थिए ।