काठमाडौँ– युएईमा जारी युएईविरुद्धको टी–२० सिरिज अन्तर्गत दोस्रो खेलमा सन्दीपले एकै ओभरमा लगातार दुई विकेट लिएका छन् । दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको युएईको चार विकेट झरेको छ ।


ADVERTISEMENT


सन्दीपले आफ्नो पहिलो ओभरको पहिलो बल डट फाले । दोस्रो ओभरमा १ रन दिएका सन्दीपको तेस्रो बलमा सैमन अनवरले २ रन जाडे । चौथो बलमा भने सन्दीपलाई अनवरले छक्का ठोके । यसलगत्तै सन्दीपले कमब्याक गरे । उनले पाँचौँ बलमा सैमनलाई आउट पारे भने ओभरको अन्तिम बलमा मोहम्मद उस्मानलाई गोल्डेन गकआउट पारे । सैमनले १० बलमा १ छक्का र १ चौकाको मदतमा १४ रन बनाउँदा उस्मान शून्य रनमै फर्किन बाध्य भए ।


ADVERTISEMENT

# # #


अनवर र मोहम्मद उस्मानलाई कप्तान पारसले नै क्याच गरेका थिए ।

यसअघि नेपालका पहिलो दुई विकेट सोमपाल कामीले दिलाए । दुबई विकेट गुमाएको छ । सोमपालले नेपालई पशिलो विकेट दिलाउने क्रममा अस्फक अहमेदलाई ४ रनमा आउट पारे । उनले अस्फाकलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए । यस्तै दोस्रो विकेट पनि सोमपालले नै दिलाए । उनले गुलम सब्बीरलाई ६ रनमा पेवेलियनको बाटो देखाए ।

सब्बीरलाई विकेटकिपर प्रदीप ऐरीले क्याचआउट गरे । ताजा अवस्थामा युएई ८ ओभरमा ४ विकेटको क्षतीमा ४० रन बनाएर खेलिरहेको छ ।  हिजो भएको पहिलो खेलमा २१ रनको हार ब्यहोरेको नेपाल आज जित निकालेर श्रृंखलामा आफ्नो सम्भावना कायमै राख्न चाहन्छ ।