काठमाडौं । आफ्नो अनसनलाई सडक र सदनबाट साथ दिएको नेपाली काँग्रेसको आग्रहलाई डा. गोविन्द केसीले भने बेवास्था गरेका छन् ।


ADVERTISEMENT


यस अघिको सम्झौता अनुसार नै राष्ट्रिय चिकित्सा बिधेयकलाई संसदबाट पास गराउन काँग्रेसले प्रयास गरेको बताउँदै फरक ढँगले आन्दोलन अगाडी बढाउन सभापति देउवाले डा. केसीलाई अनसनबाट उठ्न सुझाएका थिए ।


ADVERTISEMENT

# # #


तर आफ्नो अभियानमा सँधै संगै साथ दिएको प्रतिपक्षि दल नेपाली काँग्रेसका सभापतिको प्रस्तावमा केसीले केही जवाफ दिएनन् । अन्तत : केसीले आफ्नो एकल हठ प्रस्तुत गर्दै अनसन नतोड्ने जिकिर अघि सारे ।

चिकित्सा बिधेयकलाई सँसदबाट रोक्नका लागि नेपाली काँग्रेसले निरन्तर लडाई लड्यो । नेबिसंघ, तरुण दल लगायत काँग्रेसका भातृ संगठनहरुले सडक नै तताए । लोकतान्त्रिक पेशागत संघ संगठनहरुले केसीको मागमा ऐक्यवद्धता जनाए ।

तर पनि बहुमतका आधारमा प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट बिधेयक पास भए पछि भने आन्दोलनलाई फरक ढँगले अघि बढाउन अनसन तोड्न देउवाले गरेको आग्रहलाई लत्याएपछि डा. केसी आफ्नै अभियानमा एक्लिएको बिश्लेषकहरु बताउँछन् ।

प्रतिपक्षिलाई वेवास्था गर्दै सत्तारुढ दलले संसदीय बहुमतीय प्रक्रियाबाट चिकित्सा बिधेयक पास गरेपछि फरक रणनीतिका साथ यस्को बिरोधमा आन्दोलन अघि बढाउनु पर्ने नेपाली काँग्रेसको मर्म छ । ‘डा. केसीले काँग्रेसको मर्मलाई बुझ्न सकेनन्’ बिश्लेषकहरु भन्छन् ‘मुद्धामा साथ दिनेको आग्रहलाई नै लत्याएपछि परिणामत डा. केसी एक्लिएका छन ।’