स्थानीय तह दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । पछिल्लो नतिजा अनुसार नेकपा एमाले र नेपाली कांग्रेसबीच केही सङख्याको तलमाथि भएपनि कडा प्रतिस्पर्धा देखिएको छ । मधेसविरोधी पार्टीको आरोप लगाएका दलहरुले तराईमा नेकपा एमालेको अस्तित्व गुम्ने दाबी गरेका थिए । तर उनीहरुको अनुमान विपरित तराई/मधेसमा पनि नेकपा एमाले बढी स्थान जितेको छ । यसलाई कसरी हेर्न सकिन्छ ? निर्वाचनमा आफ्नो बहुमत आउने दाबी गरिरहेको नेकपा एमालेको बहुमत किन आउन सकेन ? लगायतका विषयमा पूर्व वन तथा भू-संरक्षण राज्यमन्त्री तथा नेकपा एमालेकी केन्द्रिय कमिटी सदस्य भगवती चौधरीसंग गरिएको कुराकानीको सम्पादित अंश


ADVERTISEMENT


तीन वटा प्रदेशमा स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न भएर नतिजा आउनेक्रम जारी छ । अहिलेसम्म आएको नतिजालाई यहाँले कसरी हेरिरहनु भएको छ ?


ADVERTISEMENT

# # #


चरण/चरणमा भएपनि करिब बीस वर्षपछि स्थानीय तहको निर्वाचन भएकोमा आम जनता उत्साहित छन् । सरकारले गत बैशाख ३१ गते नै सबै प्रदेशको निर्वाचन गराएको भए जुनसुकै दलले जितेपनि निर्वाचनको नतिजा निष्पक्ष हुन्थ्यो । एकातिर निर्वाचन चरण/चरणमा भएकाले बिचमा चलखेल हुने सम्भावना रह्यो भन अर्कातिर एक-अर्काप्रति द्वेष, द्वन्द्व पैदा भएको मैले महसुश गरेकी छु । दोस्रो चरणमा ३ सय ३४ स्थानीय तहमा सबैको अन्तिम मतपरिणाम नआइसक्दा नेकपा एमाले १५/१६ सिटले अग्रता कायम गरेको छ । यस हिसाबले हेर्दा निर्वाचन अघि हाम्रो राष्ट्रिय स्तरमा जुन किसिमको तयारी थियो र अनुमान थियो, त्यो अनुसार परिणाम आएन । मेची महाकाली अभियान होस् या तराईका विभिन्न ठाउँमा घरदैलो अभियान तथा संगठन विस्तार गर्ने बेला हामीले सोचेका थियौँ कि अबको स्थानीय चुनावमा एमालेले बहुमत ल्याउँछ । तर त्यो भएन । यद्दपी यो परिणामलाई स्वीकार गर्नैपर्छ ।

पछिल्लो मत परिणाम अनुसार झिनो अन्तरले एमाले अगाडी छ । यो नतिजामा तपाईहरुले सन्तुष्ट छैनौँ भन्नु भएको हो ?

मलाई चाही त्यस्तै लाग्छ । ६० प्रतिशत माथि आइदिएको भए स्थानीय सरकार स्थायी हुने थियो र काम गर्नका लागि अझ सहज हुने थियो । एउटै ठाउँमा विभिन्न दलका प्रतिनिधि चुनिएर जाने भएकाले विकासका कुराहरुमा सहमति कायम गर्न सकिदैन । किनभने सबै दलहरुका फरक विचार, सिद्धान्तहरु हुन्छन् । त्यसले गर्दा वैदेशिक लगानी भित्र्यानउनका लागि, विभिन्न किसिमका स्वरोजगार सिर्जना गरेर युवाको विदेश पलायन रोक्नका लागि, आधुनिक कृर्षि प्रणालीको विकासका लागि, शैक्षिक क्षेत्रमा विकास गर्न लगायत स्थानीय स्तरको समृद्धीका लागि सबै पाटीका प्रतिनिधिहरुको विचार नमिल्न सक्छ । जसले गर्दा मुलुकको विकास रोकिन्छ । एमालेले ६० प्रतिशत स्थानमा जित हासिल गरेको भए काम गर्न अझ सहज हुन्थ्यो भन्ने मेरो मान्यता हो । अहिलेको अवस्थामा सबै दल मिलेर जानुपर्न अवस्था छ ।

अहिले एमालेको पक्षमा जुन किसिमको नतिजा आइरहेको छ । यसको सङ्केत केहो ? जनताले अहिले के चाहेको रहेछ ?

यसपालीको निर्वाचनहरुमा जनताले एमालेलाई साथ दिइरहेका छन् । किनकी विगतमा अन्यदलहरुलाई एक पटक भोट दिएर जनताले परिक्षण गरिसकेका छन् कि तिनीहरुबाट जनताको पक्षमा केही काम भएन । भखरै सम्पन्न स्थानीय तह पहिलो र दोस्रो चरणमा जनताले एमालेलाई परिक्षण गरेका गर्न खोजेका थिए छन् पनि । तर बिचैमा अन्य दलहरुले आफ्नो पार्टीलाई जिताउनका लागि चलखेल गरेर एमालेलाई जिताउन स्वच्छ मनले लागेका जनतालाई आफुतिर तान्ने प्रयत्न गरेकाले एमालेका बहुमत आउन सकेन ।

तरपनि जनताले देशलाई समृद्ध बनाउनका लागि एउटा भिजन भएको, योजना, उद्देश्य र क्षमता भएको पार्टी एमालेलाई जिताएको छन् । यसबाट के बुझ सिकिन्छ भने जनता विकासको पर्खाइमा छन्, जनता र राष्ट्र अनुकुल काम नगर्ने दललाई सजिलै पाखा लगाउन सक्छन् भन्ने कुरा देखाएको छ । त्यसैले एमालेका पक्षमा आएको जनलहरलाई निराश नपार्नका लागि नेकपा एमालेले काम गरेको छ र गर्छ पनि ।

चुनावी अभियानका क्रममा आम जनताका घरदैलोमा पुगेर आउनु भएको छ । उनीहरुले के भनिरहेका छन् ? निर्वाचनमा जित्ने पार्टीप्रति उनीहरुका के कस्ता अपेक्षा रहेको पाउनु भयो ?

चुनावी अभियानका क्रममा देशका विभिन्न ठाउँमा पुगियो । तर विशेष गरी प्रदेश नं १ अन्तरगतको सुनसरी जिल्लामा म थिएँ । त्यहाँ केही दलहरुले विगतका चुनावका भोग खरिद बिक्री गरेर जित्ने र पछि फर्केर नजाने प्रवृत्तिले गर्दा त्यहाँका जनताहरु राजनीतिज्ञप्रति विश्वास नगरेको जस्तो पाइयो । अहिले गर्दिनु हुन्छ भने गर्नुस् नत्र पछि के हो ? के हो ? भन्ने खालका भावहरु पाइयो । पटपटक भोट दिएरपनि आफुहरुको अवस्था नसुध्रिएको असन्तुष्टी अहिले आम जनतामा पैदा भएको छ । तैपनी अब स्थानीय जनप्रतिनिधिहरुको निर्वाचनले केही सकारात्मक भएको पाइन्छ । आफुले चुनेनर पठाएको मान्छेले विकास गर्ने कुरामा आम जनता आशावादी छन् । उनीहरुको यो आशालाई तुहिन दिनु हुँदैन । यो निर्वाचनले हामीलाई आफ्नो ठाउँमा विकास गर्ने अवसर प्रदान गरेको छ ।

अन्त्यमा, आगामी चुनावमा नेकपा एमालेले कस्ता रणनीतिहरु बनाउनु पर्छ जस्तो लाग्छ ?

हाम्रो संगठन कमजोर भएकाले यसलाई मजबुद बनाएर आम जनतामा एमालेका विचार, सिद्धान्तहरु बुझाउन आवश्य छ । महिला, किसान, युवाका पक्षमा, उत्पिडितका पक्षमा नेकपा एमालेका एजेण्डाहरुलाई जनताका घरदैलोमै पुगेर राम्रोसंग बुझाउन पर्छ जस्तो मलाई लाग्छ । निर्वाचन पनि एक किसिमको युद्धजस्तै भएकोले जितलाई हात पार्नका लागि केही रणनीतिहरु बनाउनु पर्ने नै रहेछ । देशको विकासका निम्ति, समृद्धिका निम्ति महत्वपूर्ण एजेण्डा बोकेर जनतासामू जानुपर्छ । अन्यथा पैसाको आडमा असक्षम व्यक्ति जित्नसक्छ । जसको असर समग्र समाजमा पर्छ । र अर्को मुलभूत कुरा पार्टीको केन्द्रिय तहबाट नै आफ्ना उम्मेद्वारलाई सक्दो सहयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ ।