काठमाडौं – २२ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई भेट्न पूर्व प्रधान न्यायाधीश सुशीला कार्की त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । डा. केसीका मागमा ऐक्यवद्धता जनाउन उनी अस्पताल पुगेकी हुन् ।


ADVERTISEMENT


भेटपछि कार्कीले केसीका माग जायज भएकाले पूरा हुनुपर्नेमा जोड दिइन् । केसीका माग सरकारले पूरा गर्ने विश्वास पनि उनले व्यक्त गरिन् । “सरकार किन उदासिन भइरहेको हो, अचम्म लागेको छ,” उनले भनिन्, “सम्झौता गरेर पूरा नगर्दा दुःख लागेको छ ।”


ADVERTISEMENT

# # #


अनसनको २२ औं दिनमा डा. केसीको स्वासप्रस्वासमा समस्या बढ्नुका साथै मुटुको धड्कनमा पनि उतावचढाव आइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । साथै रिंगटा लाग्ने, छाती दुख्ने र सास लिन गाह्रो हुने समस्या देखिएको बताइएको छ ।