काठमाडौँ– युएईका तीव्र गतिका बलर मोहम्मद नाभिदले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) महेन्द्र नगर युनाइटेडबाट खल्ने भएका छन् । महेन्द्रनगर युनाइटेडले बुधबार एक विज्ञप्ती जारी गर्दै नाभिदलाई अनुबन्ध गरेको जनाएको हो ।


ADVERTISEMENT


शरद भेषवाकर कप्तान तथा मार्की खेलाडी रहेको महेन्द्रनगरमा आरिफ शेख, रोहितकुमार पौडेल, अभिनास बोहरा, अमरसिंह रौटेला, सागर ढकाल, सिद्धान्त लोहनी, दिलीप नाथ, साहब आलम, कुशल मल्ल, धीरेन्द्र चन्द र सन्तोष भट्ट रहेका छन् । यस्तै स्थानीय खेलाडीमा सुशिल खड्का रहेका छन्


ADVERTISEMENT

# # #


प्रतियोगिता यही माघ २६ गतेदेखि धनगढीमा हुने छ । प्रतियोगितालाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले मान्यता दिइसकेको छ । महेन्द्रनगर युनाइटेडले गत वर्ष भारतका पुनित विष्ट र पुनित महरालाई टोलीले विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको थियो ।