काठमाडौँ – काभ्रे पाँचखाल–६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । २ वर्षको प्रेमलाई उनीहरुले २५ असार ०७३ मा बिहेमा बदले । तर, समाजको डरले उनीहरु अजितकी दिदीको भक्तपुरस्थित घरमा बसे ।


ADVERTISEMENT


बिहेको २ दिनपछि युवतीले ‘माइती’लाई जानकारी दिएकी थिइन् । माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी छ ।


ADVERTISEMENT

# # #


त्यसपछि प्रहरीकै रोहवरमा सम्बन्धविच्छेद गराइयो । २८ असारमा सम्बन्धविच्छेद भयो । अर्को दिन अजित बेपत्ता भए ।

३० असारमा धादिङको कुलपुर गाविसको परेवाटारमा झुन्डिएको अवस्थामा एक युवक फेला परे । दुईदिनसम्म सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै लाख गाड्यो । परिवारको सदस्यले लास निकाले । लास अजितकै थियो ।

काठमाडौँस्थित शिक्षण अस्पताल ल्याए । उनको लास अझै अस्पतालमै छ ।