काठमाडौँ – नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले इतिहास रचेका छन् । युनाइटेड अरब इमिरेट्स (युएई)मा जारी घरेलु टोसंगको एक क्रिकेट सिरिजमा पारसले शतक प्रहार गर्दै इतिहासमा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।


ADVERTISEMENT


उनी एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी भएका हुन् । युएईले दिएको २५५ रनको लक्ष्य पच्छ्याउने क्रममा पारसले ९६ बलमा सय रन पूरा गरेका हुन् । यसक्रममा उनले १३ वटा चौका र १ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारसले सोमपाल कामीको सर्वाधिक व्यक्तिगत रनको रेकर्ड समेत तोडेका छन् । सोमपालले गत वर्ष नेदरल्याण्डसँगको एकदिवसीय सिरिजमा ६१ रनको इनिङ खेलेका थिए ।

शतक प्रहार गरेसंगै पारस ११५ रनमा आउट भएका छन् । युएईका कादर अहमेदले पारसलाई एलबीडब्लुका धरापमा परे । यस क्रममा पारसले १५ वटा चौका र १ छक्का बनाएका थिए ।

पारसले सन् २०१२ को एसिसी ट्रफी प्रतियोगितामा कुवेतविरुद्ध पहिलो शतक प्रहार गरेका थिए । त्यसपछि सन् २०१६ को नेपालमै भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नामिबियाबिरुद्ध शतक प्रहर गरेका पारसले गत वर्ष युएईविरुद्ध नामिबियामा आयोजित विश्व क्रिकेट लिग डिभिजन-२ को फाइनलमा शतक बनाएका थिए ।