बाजुरा– लगातारको हिमपातका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।


ADVERTISEMENT


चार दिनदेखि लगातार हिमपात भइरहेको छ । घाम नलाग्दा चिसोले यहाँको उच्च पहाडी भेगका बासिन्दको जनजीवन कष्टकर बनेको छ । सदमुकाम मार्तडीलगायत स्थानमा बाक्लो हिउँ परेको छ । चिसोले दैनिक कामकाज असहज भएको छ । हिमपातपछि कोल्टीमा हवाईसेवा बन्द भएको नागरिक उड्डयन शाखा कार्यालय कोल्टीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यात्रु कोल्टीमा अलपत्र परेका छन् । हिमपातका कारण मार्तडी–कोल्टी सडकखण्ड अवरुद्ध छ । पोरखे लेकमा करीब पाँच फिट हिउँ जमेको छ । चिसोले बिरामीको सङ्ख्या बढ्दै गएको जिल्ला अस्पतालका डा रोहित गिरीले बताउनुभयो । चिसोले महिला, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित छन् ।

जुम्लामा चौथो पटक हिमपात

जुम्लामा दुई दिनदेखि लगातार हिउँ परिरहेको छ । चिसो ह्वात्तै बढ्दा जनजीवन कष्टकर बनेको छ । यहाँको न्यूनतम तापक्रम माइनस ३ दशमलब ७ डिग्री सेल्सियसमा झरेको छ । तीन दिनयता २७ दशमलब ४ मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।

यस वर्ष चौथो पटक हिमपात भएको हो । हिउँ परेपछि किसान हर्षित भएका छन् । वर्षा र हिमपातपछि खेती सप्रिने किसानको विश्वास छ । हिउँ परेकाले जौँ, गहुँलगायत बाली फष्टाउने तातोपानी– ७ सर्मिका हरि कुँवरले बताउ । हिमपातका कारण यहाँ हवाईसेवा बन्द छ ।