काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवा प्रदान गर्दै आएका इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई मर्ज गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


तीनवटै स्वतन्त्र र भिन्दै एप्लिकेशन रहेर पनि एकअर्कासँग जोडिने अवस्था सिर्जनको तयारीमा फेसबुक छ । यसको अर्थ तीनवटै माध्यमबाट जुन कुनैमा म्यासेज गर्न र हेर्न मिल्छ ।


ADVERTISEMENT

# # #


अर्थात इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक म्यासेन्जरलाई अन्तरसम्बन्धित गर्ने योजनामा फेसबुक छ । यो लामो प्रक्रिया रहेको र अहिले सुरुवाति चरणमा रहेको फेसबुकले बताएको बिबिसीले उल्लेख गरेको छ ।

यसबारेको खरब सबै भन्दा पहिले न्युयोर्क टाइम्समा आएको थियो र यसलाई फेसबुकका संस्थापक मार्क जुकरबर्गको योजनाका रुपमा लिइएको छ ।

मर्जरको प्रक्रिया पूरा भएपछि फेसबुक म्यासेन्जरमा रहेको व्यक्तिले वाट्सएपमा मात्रै रहेको व्यक्तिसँग सीधा म्यासेज गर्न वा संवाद गर्न सक्ने छ । यस्तै इन्स्टाग्रामको सवालमा पनि हुनेछ । यो प्रक्रिया भाइस–भर्सा हुनेछ । अहिले यो सम्भाव छैन ।