काठमाडौँ– पचास वर्षका लागि लक्ष्य गरेर लेख्ने साहित्यकार शङ्कर लामिछानेका रचनालाई युवामाझ लैजानुपर्ने इतिहासकार एवं साहित्यकारले बताएका छन् ।


ADVERTISEMENT


लामिछानेको ४३ औँ स्मृति दिवसका अवसरमा शङ्कर लामिछाने प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘युवा हेराइमा शङ्कर’ कार्यक्रममा उनहरुले लामिछानेले ५० वर्षपछिका युवालाई लक्ष्य गरेर आफ्ना रचनामा प्रकाशन गरेकाले युवामाझ उनका रचना लैजानुपर्ने बताए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा इतिहासकार प्रा डा सुरेन्द्र केसीले लामिछानेका कृतिलाई विश्वभर पु¥याउनका लागि युवा पङ्क्तिलाई जगाउनुपर्ने बताए । उनले निबन्धको क्षेत्रमा लामिछानेबाहेक अरु कोही छैन भन्दै उनले लेखेका कृतिलाई विश्वभर पु¥याउनका लागि अङ्ग्रेजीमा अनुवाद गर्नुपर्ने बताए । प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले युवा निबन्धकारलाई लामिछानेको व्यक्तित्व र उनका निबन्ध रचनालाई बढीभन्दा बढी बुझाउन सक्नुपर्ने बताए ।

उनले प्रतिष्ठानले उहाँका निबन्धलाई अङ्ग्रेजीमा अनुवादन गरिरहेको समेत जानकारी दिए । निबन्धकार युवराज नयाँघरेले अहिलेका निबन्धमा उनले लेखेका चिन्तनभन्दा नयाँ कुरा अहिलेसम्म नेपाली साहित्यमा नआएको जिकिर गरे ।

साहित्यकार रामप्रसाद पन्तले निबन्धमा लक्ष्मीप्रसाद देवकोटाले हृदयलाई मात्र छुने गरेको तर लामिछानेले हृदय र मस्तिष्क दुवैलाई छोएर लेख्ने गरेको बताए । साहित्यकार पवन आलोकले लामिछानेका रचनाले ५० वर्षपछिका युवालाई मार्गदर्शन दिएको हुनाले उनका रचना युवालाई पढ्न दिनुपर्ने बताए ।

समालोचक ज्ञानु अधिकारीले युवा साहित्यकारले आफूले लेख्नुभन्दा पहिले उनका कृति पढ्नुपर्ने बताए । कार्यक्रममा लामिछानेकी श्रीमती रत्ना गुरुङले लामिछानेको विरासतलाई जोगाउनुपर्ने बताइन्। विसं १९८४ चैत ५ गते काठमाडौँमा जन्मिएका लामिछानेको निधन २०३२ साल माघ १० गते भएको थियो ।

उनका गौथलीको गुँड (कथासङ्ग्रह), विम्ब प्रतिविम्ब (सङ्ग्रह), ‘ एब्स्ट्रयाक्ट चिन्तनः प्याज’ (निबन्धसङ्ग्रह, मदन पुरस्कार–२०२४) ‘गोधुली संसार’ लगायत कृति प्रकाशित छन् । नेपालमा पहिलो पटक २०१९ सालमा जापानबाट ‘हाइकु’ भित्र्याउनमा उनको देन रहेको छ । उनका निवन्धमा चिन्तन, मानविय सन्देश, महिलालाई हेर्ने दृष्टिकोणमा संवेदनशीलता, सामाजिक धरातल र वस्तुनिष्ठता पाइन्छ । जीवन निर्वाहका क्रममा प्राध्यापनसहित पुस्तकालयकर्मी, क्युरियो व्यापारी र साहित्यिक पत्रकारसमेतको भूमिका उनले निर्वाह गरेका थिए ।
–शरद शर्मा/रासस