कावासोती– नवलपुरमा वर्षाका कारण यहाँ रहेका इँटा उद्योगमा रु ४५ लाख बराबरको क्षति भएको छ । वर्षाका कारण नवलपुरमा रहेका नौ वटा इँटा उद्योगमा सुकाइएको काँचो इँटा बिग्रिदा रु ४५ लाख बराबरको क्षति पुगेको नवलपुर इँटा उद्योग व्यवसायी समितिका अध्यक्ष हरिकृष्ण महर्जनले जानकारी दिए ।


ADVERTISEMENT


अध्यक्ष महर्जनका अनुसार यहाँ रहेका प्रत्येक उद्योगमा करीब दुई लाखका दरले का“चो इँटा पानीका कारण नष्ट भएको हो । पानीका कारण १८ लाख इँटा नोक्सानी भएको उनले बर्ता । क्षति भएको इँटा आगोको भट्टीमा प्रयोग गर्न नमिल्ने र पुनःमाटोको रुपमा प्रयोग गरी नयाँ इँटा बनाइने अध्यक्ष महर्जनले जानकारी दिए।


ADVERTISEMENT

# # #


इँटालाई आगोमा पकाउनुपूर्व केही दिनसम्म घाममा सुकाउनुपर्ने हुन्छ । तयारी अवस्थामा रहेका सुकाएका इँटामा अकस्मात् परेको वर्षाका कारण क्षति पुगेपछि इँटा उद्योगी चिन्तित बनेका छन् । यस्तै वर्षाका कारण नवलपुरमा लगाइएको तोरी खेतीमा समेत नोक्सान पुगेको छ । पाकेर थन्काउने अवस्थामा रहेको तोरीमा वर्षाका कारण नोक्सान पुर्याएको कृषक मदन पौडेलले बताए । तोरी उखेलेर सुकाएको अवस्थामा खेतमै रुझेपछि बोटबाट तोरीका दाना झर्ने, पानीका कारण दान फुल्ने हुँदा तेल कम निस्कने कृषक पौडेलले जानकारी दिए।

कभर्डहल निर्माण कार्य अलपत्र

नवलपरासीको कावासोतीमा छ वर्ष अघिदेखि निर्माण थालनी गरिएको कभर्डहल आर्थिक अभावका कारण अलपत्र अवस्थामा रहेको छ । आर्थिक अभावका कारण निर्माण शुरु भएको छ वर्ष बितिसक्दा पनि कभर्ड हल भवन निर्माण सम्पन्न हुन नसकेको हो । नवलपुर क्षेत्रको खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले भवन निर्माण थालनी गरीएको भए पनि अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

कर्भड हल निर्माण सम्पन्न गर्नसके इनडोर खेल, ब्याड मिन्टन, कराते, भलिबल, लङ टेनिसजस्ता खेल खेल्न सकिने उनले बताए । कभर्डहलमा ३०० व्यक्तिले बसेर खेल हेर्न सक्ने गरी प्याराफिटसमेत निर्माण गरिने उनले बताए ।