बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र एआईजीपी धीरु बस्न्यात बीच भेटबार्ता भएको छ ।


ADVERTISEMENT


बुधबार मुख्यमन्त्री कार्यालय बिराटनगरमा भएको भेटबार्तामा सुरक्षा मामलाका बिषयहरुबारे छलफल भएको बुझिएको छ ।


ADVERTISEMENT

# # #


एआईजीपी बस्न्यात संगठनको कामका शिलशिलामा एक नम्बर प्रदेशमा छन् । सोही अवसरमा मुख्यमन्त्री राईसंगको भेटमा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्ने सन्दर्भमा गहन छलफल भएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

अशान्ति मच्चाउने तत्वहरुलाई निरुत्साहित गर्दै एक नम्बर प्रदेशका नागरिकहरुलाई उच्चतम शान्ति सुरक्षाको महसुस गराउनका लागि प्रहरी संगठनलाई प्रभावकारी र सशक्त रुपमा सञ्चालन गर्ने एआईजीपी बस्न्यातले बिश्वस्त पारेका छन् ।

एक नम्बर प्रदेशलाई शान्ति सुरक्षाको प्रदेशका रुपमा चिनाउने र त्यसका लागि आवश्यक सबै काम कारबाही अगाडी बढाउने मुख्यमन्त्री राई र एआईजीपी बस्न्यातको सामुहिक प्रतिबद्धता छ ।