काठमाडौं । सिनामंगलमा भ्यानको ठक्करबाट उदयपुरकी अनिमा कार्कीको ज्यान गएको छ ।


ADVERTISEMENT


बुधबार बिहान बा १९ च ९६ ४५ नम्बरको भ्यानले ठक्कर दिँदा घाइते भएकी उदयपुरको कटारी नगरपालिका ८ घर भई काठमाण्डौको सिनामंगलमा बस्दै आएकी कार्कीको ज्यान गएको हो ।


ADVERTISEMENT

# # #


१८ वर्षकी कार्कीको उपचारको क्रममा काठमाण्डौ मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ ।